भरतपुर, ८ भदौ ।
अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तिज गीत प्रतियोगितामा सनराइज स्कुल प्रथम भएको छ ।
कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल द्वितीय, सेन्ट पोल चिल्ड्रेन होम तृतीय र डन एकडेमीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कुलका सहप्राचार्य पुरुषोत्तम दवाडीले सहभागीलाई स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन हरिराम रेग्मीले गर्नु भएको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम कार्यक्रम संयोजक अमित भुसालका अनुसार कार्यक्रममा २२ स्कुलले सहभागिता जनाएका थिए । अर्किड स्कुलले तिजको अवसरमा अन्तर स्कुल स्तरीय तिज प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।




