मौलाकालिका परिसरमा रक्तदान, ६५ जनाले गरे रक्तदान

गैंडाकोट, १ कात्तिक ।
नवलपरासीको मौलाकालिका मन्दिर परिसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

नेपाल ब्लड डोनर्स संस्था नवलपरासी, धार्मिक सेवा समिति, लायन्स क्लब गैंडाकोट, केवलकार र वे ग्रुप (Way Group) को संयुक्त आयोजनामा असोज ३१ गते रक्तदान कार्यक्रम गरिएको हो । सन्तोष वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, रक्तदाता तथा समाजसेवीहरूको सहभागिता थियो ।

कार्यक्रममा मौलाकालिका मन्दिरका अध्यक्ष खगेन्द्रदास कँडेल, लायन्स क्लब गैंडाकोटका गोविन्द सुवेदी, सालिकराम सापकोटा र शान्ति सापकोटा, वे ग्रुपका ऋषिराम भण्डारी, चितवन रेडक्रसका हरिप्रसाद भण्डारी, केवलकारका सुरज पौडेल तथा नेपाल ब्लड डोनर्स संस्था चितवनका राजेन्द्र पौडेल र खुमनाथ पौडेललगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट