दसैँमा पनि खुला रहने भयो सिएमसी, चार दिन पाइन्छ विशेषज्ञ सेवा

चितवन, १ कात्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन […]
बाँदरेभीरमा ईभी दुर्घटना, ११ जना घाइते

मकवानपुर, १ कात्तिक । भीमफेदी गाउँपालिका–१ स्थित बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो करिब १२ः३० बजे हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत बादरेभीरमा काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दुर्घटनामा परेको हो । गाडी सडकको दाहिनेतर्फको […]
मौलाकालिका परिसरमा रक्तदान, ६५ जनाले गरे रक्तदान

गैंडाकोट, १ कात्तिक । नवलपरासीको मौलाकालिका मन्दिर परिसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल ब्लड डोनर्स संस्था नवलपरासी, धार्मिक सेवा समिति, लायन्स क्लब गैंडाकोट, केवलकार र वे ग्रुप (Way Group) को संयुक्त आयोजनामा असोज ३१ गते रक्तदान कार्यक्रम गरिएको हो । सन्तोष वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक […]