एक्सपर्ट एजुकेसनले ५० हजार राशिको साहित्यिक पुरस्कर प्रदान गर्ने

चितवन, १६असार ।
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले हरेक वर्ष एक जना श्रस्टालाई साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

एक्सपर्ट एजुकेसन चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशिको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको हो । शनिबार गैंडाकोटमा आयोजित प्रथम संस्करणको `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव २०८२´ को उद्घाटन सत्रमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले साहित्य क्षेत्रको प्रवर्द्धन र श्रस्टाको सम्मानको लागि पुरस्कार घोषणा गरिएको बताउनु भयो । उहाँले हरेक वर्ष `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को उद्घाटनका अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिनुभयो ।
एक्सपर्ट एजुकेसनले आफ्नो वार्षिक उत्सवका अवसरमा हरेक वर्ष ५० हजार रुपैयाँ राशि कै शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले पुरस्कारको कार्यविधि छिट्टै तयार पारेर पुरस्कारको नाम सार्वजनिक गरिने बताउनु भयो । उहाँले `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को दोस्रो संस्करण अझै व्यवस्थित रुपमा सञ्चालन गरिने र सोही अवसरमा पुरस्कार प्रदान गरिने बताउनुभयो ।

किताब उत्सवमा चितवनकाे साहित्य र किताब बजारकाे बेलीविस्तार मूल विषयवस्तुमा आधारित रहेर ४ वटा बहस कार्यक्रम सञ्चालन गरिएका थिए । कार्यक्रम उद्घाटनका क्रममा रमेश प्रभातको निसमालोचना अरु अलिकति फरक कुरा´, भीमप्रसाद शर्माको कुण्डलिनी योग´र तिलक न्यौपानेको कवितासङ्ग्रह शव्दपुष्प´ गरी तीनवटा किताब विमाेचन गरिएकाे उत्सवका सहनिर्देशक विनाेदबाबु रिजालले जानकारी दिनुभयाे । कार्यक्रममा डाक्टर एकनारायण पौड्यालले `चितवनको साहित्य : गति र दिशा´ शीर्षकमा विद्वत् प्रवचन राख्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट