३१औं वर्ष प्रवेशका अवसरमा किसान साकोसको सप्ताहव्यापी कार्यक्रम

गैंडाकोट, १६ असार । नवलपरासी जिल्लाको गैंडाकोट–८ मा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३० वर्ष पुरा गरी ३१औं वर्ष प्रवेश गरेको छ । २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरेको र संस्थाले नाफामा भन्दा सदस्य र समुदायलाई केन्द्रित गर्दै आएको छ […]

एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीलाई देवचुलीले नगदसहित सम्मान गर्ने

देवचुली, १६ असार । देवचुली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएका विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ । शुक्रबार प्रकाशित एसईई नतिजामा देवचुली नगरपालिकाबाट ४ जीपीए ल्याएका ४ जना छात्राहरुलाई नगद सहित सम्मान गरिने भएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी शिक्षा दिवसको अवसरमा ४ जीपीए ल्याउने ४ जना […]

बागमती प्रदेश सभाको बैठक असार १९ गते

मकवानपुर, १६ असार । आर्थिक वर्ष २०८२/०८३ काे बजेट प्रदेश सभामा पेश गरेपछि प्रदेश सभाकाे बैठक बस्न सकेकाे छैन । प्रदेश सरकारले ल्याएकाे बजेमाथि छलफलकाे १२ असारमा बाेलाइएकाे प्रदेश सभाकाे बैठक दलहरु विच सहमति हुन नसक्दा आज १६ असारकाे लागि सारिएकाे थियाे । आजकाे बैठक समेत स्थगित गरी बैठककाे लागि नयाँ मिति तोकिएकाे हाे । […]

एक्सपर्ट सम्पूर्ण किताब उत्सवमा तीनवटा किताब विमोचन

भरतपुर, १६ असार । शनिबार गैंडाकोटमा आयोजना गरिएको एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२ मा स्थानीय तीन जना स्रस्टाका किताब विमोचन गरिएको छ । उत्सवका प्रमुख अतिथि लेखक, पत्रकार रेशम विरहीले रमेश प्रभातको निसमालोचना `अरु अलिकति फरक कुरा´, भीमप्रसाद शर्माको `कुण्डलिनी योग´र तिलक न्यौपानेको कवितासङ्ग्रह `शव्दपुष्प´ गरी तीनवटा किताब विमाेचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए […]

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

गैंडाकोट, १६ असार । सम्पूर्ण किताब नारायणगढले किताब उत्सव गरेको छ । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा नारायणी किनार गैंडाकोटमा रहेको द नारायणी रिसोर्टमा उत्सव कार्यक्रम गरिएको हो । `एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२´ कार्यक्रममा चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार गरिएको उत्सवका निर्देशक एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक […]

एक्सपर्ट एजुकेसनले ५० हजार राशिको साहित्यिक पुरस्कर प्रदान गर्ने

चितवन, १६असार । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले हरेक वर्ष एक जना श्रस्टालाई साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । एक्सपर्ट एजुकेसन चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशिको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको हो । शनिबार गैंडाकोटमा आयोजित प्रथम संस्करणको `एक्स्पर्ट सम्पूर्ण किताब […]