३१औं वर्ष प्रवेशका अवसरमा किसान साकोसको सप्ताहव्यापी कार्यक्रम

गैंडाकोट, १६ असार ।

नवलपरासी जिल्लाको गैंडाकोट–८ मा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३० वर्ष पुरा गरी ३१औं वर्ष प्रवेश गरेको छ । २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरेको र संस्थाले नाफामा भन्दा सदस्य र समुदायलाई केन्द्रित गर्दै आएको छ ।

संस्थाले असार १५ गते आफ्नो ३०औं स्थापना दिवस मनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भोजराज पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर श्री मदन भक्त अधिकारी एवं विशिष्ट अतिथिमा उपमेयर शान्ति कोईराला र गैंडाकोट नगरपालिका वडा नं.८ का वडाध्यक्ष प्रेम सापकोटा रहनुभएको थियो।

संस्थाका सचिव सरस्वती कण्डेलले सञ्चलन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष चिन्तामणी कण्डेलले पूर्वजको विरासत कमजोर हुन नदिने र एउटा मात्रै भएपनि ईंट्टा थप्ने तर्फ वर्तमान समिती लागेको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा १३ गते कावासोती स्थित ज्ञानोदय मा.वि. र गैंडाकोट स्थित जनक नमुना मा.वि.मा अध्ययनरत विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षक र साकोसका प्रतिनिधिका साथै ट्राफिक प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । संस्थाले सचेतना सँगै जनक नमुना मा.वि. परिसर आसपासका सडकमा जेब्राक्रस समेत बनाएको छ ।

असार १४ गते संस्थाका सेवा केन्द्र रहेका विभिन्न दुई दर्जन स्थानका विभिन्न सार्वजनिक स्थलको सरसफाई सम्पन्न गरेको छ । बिहान ७ः३० बजे सबै सेवाकेन्द्रहरुबाट एकै साथ सुरुभएको उक्त कार्यक्रम संस्थाका सञ्चालक, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सरसफाई अभियान अन्तर्गत तनहुँ जिल्ला अन्तर्गत देवघाट गाउँपालिका, देवघाट स्थित देउपुर पार्क, चितवन जिल्ला अन्तर्गत नारायणघाट, पुल्चोकको हरिहर मन्दिर, भरतपुर स्थित दुर्गा मन्दिर, समृद्धि सेवा केन्द्र क्षेत्रमा रहेको विश्राम स्थल र चौतारी, रत्ननगर नगरपालिका, टाँडी क्षेत्रको सिद्धेश्वर जलदेवी मन्दिर रहेका छन् । त्यसैगरी नवलपुर जिल्ला अन्तर्गत दुम्कीबास क्षेत्रको कालिका मन्दिर, सर्दिको शिवालय मन्दिर, अरुणखोलाको गणेश मन्दिर र शिव मन्दिर, अमरापुरी क्षेत्रको शमशान घाट, हर्कपुर क्षेत्रको दुर्गा मन्दिर, मुकुन्दपुर क्षेत्रको बसुन्धरा मन्दिर, देवचुली क्षेत्रको घुमाउने सामुदायिक वनको पार्क र विहार, दलदले क्षेत्रको गणेश मन्दिर, रजहर क्षेत्रको शिवालय मन्दिर, चोरमारा क्षेत्रको दुर्गा मन्दिर, गोछाडा क्षेत्रको कुमारवर्ती स्वास्थ्य चौकी, गैंडाकोट पुल्चोक क्षेत्रको एसियन राजमार्ग, शिलान्यास पार्क र शिलान्यास चोक, गैंडाकोट क्षेत्रकै रानीताल चण्डीका मन्दिर र कावासोती, विष्णुनगर क्षेत्रको राम मन्दिर रहेका छन्।

स्थापना दिवसको दिन असार १५मा राष्ट्रिय धान दिवसमा पञ्चवटि सेवाकेन्द्र क्षेत्रका कृषकका १० कठ्ठा धानखेतमा सामुहिक धान रोपाईं कार्यक्रम सम्पन्न गरिएको छ।

संस्थाले कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत ५१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। संस्थाले गैंडाकोट ईङ्गलिस बोर्डिङ्ग स्कूलको सहकार्यमा मुटु, मृगौला लगायतका जटिल स्वास्थ्य समस्या झेलिरहेका सदस्यका बालबालिकाहरुलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गर्दै आएको छ । प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी तथा विशिष्ठ अतिथि उपमेयर शान्ति कोईरालाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले किसान साकोस ढुक्क संग कारोबार गर्ने र गैंडाकोटलाई सहकारीमा चिनाउने संस्था रहेको प्रशंसा गर्नु भयो।

विशिष्ट अतिथि कोइरालाले सहकारी संस्थाले महिलालाई आत्म निर्भर र महिलाको नेतृत्व क्षमता वृद्धिमा थप काम गर्नु पर्ने जनाउनु भयो। किसानले २५००० भन्दा बढी महिलाहरुलाई संस्थाले गोलबद्धगरेकोमा खुसी व्यक्त गर्नुभयो। अब ठुला संस्थाहरु सदस्यको उत्पादन बजार पहुँचमा पुर्‍याउन प्रशोधन, भण्डारण, बजारीकरण र आवश्यकताको आधारमा उध्योग सञ्चालन तिर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले संस्था वित्तीय संरचना र प्रतिवेदनमा भन्दा सदस्यको भावनामा जोडदिएर चल्नुपर्ने बताउनुभयो । “संस्थाले विधिको नाममा सदस्यलाई जटिल प्रक्रिया बनाउन लाग्नु हुँदैन । ऐंचोपैंचो बाट सहकारी अवधारणा भएकोले सामाजिक सम्बन्धलाई बढी जोड दिनु पर्दछ“ वडाध्यक्ष सापकोटाले भन्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष एवं नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमले संस्थाले अग्रजहरुको विरासत जोगाउँदै नवीनतम प्रविधि आन्तरिकीकरणका माध्यमबाट भावी पुस्ताको चाहनाको संयोजन गर्ने तर्फ लागेकोले राष्ट्रिय स्तरमा छवि सुधार हुँदै गएको बताउनुभयो । “विगतमा वृद्धिमा जोड दिइयो अब कानुनी प्रावधानहरु समेत कसिलो बन्दै गएका छन् । राज्य पक्ष सहकारी क्षेत्रलाई खुम्च्याउने गरि कानुन बनाउन तल्लीन छ । नेफ्स्कूनले यस्ता विषय लिएर दवाव सिर्जना गरिरहेको छ“ गौतमले भन्नुभयो । विगतमा पाँच पटकसम्म एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको संस्था भएकोले त्यो स्थानमा पुग्ने चुनौती बाँकी नै रहेकोले त्यसमा सफलताको शुभकामना दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट