चितवन, २१ साउन ।
एमजेएफ लायन सिद्धकुमार श्रेष्ठ, एमजेएफ लायन शुभनेत्री श्रेष्ठ र परिवारले बुधबार क्षेत्रपुरमा आयोजित एक कार्यक्रममा ६ लाख रूपैयाँभन्दा बढीको सहयोग हस्तान्तरण गरेका छन् । लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा श्रेष्ठ परिवारले सहयोग हस्तान्तरण गरेको हो ।
आयोजक दुई क्लबका अध्यक्षहरू सनदकुमार पिया र जोशिला पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर नवराज सापकोटा थिए । उनले सर्भिस, फेलोसिप र लिडरसिपमा सदस्यहरूलाई जोड्नु पर्ने बताए ।
कार्यक्रममा फर्स्ट भाइस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, निवर्तमान डिष्ट्रिक्ट गभर्नर दीनानाथ न्यौपाने, पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, दाता सिद्धकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
श्रेष्ठ परिवारले मानव सेवा आश्रम, हाम्रो घर, सानो घर, गुरुकुल मौलाकालिका मन्दिर, नेपाल राष्ट्रिय शमशेर आदर्श मावि, गीतानगर लायन्स क्लब, सिद्धि चेपाङ छात्रावास, विजय आधारभूत स्कुल, सिद्धेश्वर महादेव, संसारी माई, सिद्धि विनायक मन्दिर, मञ्जुश्री आश्रमलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।




