सामाजिक सञ्जालबाट घोषणा गरेका पाठकले बुझाए राजीनामा

मकवानपुर, १ असोज ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईं समक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।

उनले उपसभामुख चापागाईंलाई सम्बोधन गरेको पत्रमा लेखिएको छ, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन ।

आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’ पाठक राप्रपाबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट