लकडाउनमा मालबाहक गाडीको धन्दा: लुकिछिपी मान्छेको ढुवानी

नारायण ढुंगाना काठमाडौं, १८ चैत(रासस) कोभिड –१९ को सङ्क्रमण रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) को समयमा यही चैत १४ र १५ गते चितवनको आँपटारीबाट ट्राफिक प्रहरीले १४ वटा ट्रकसहित १६ गाडी नियन्त्रणमा लियो । एउटा ट्रकसहित तीन गाडी भारतीय नम्बर प्लेटको थियो । उक्त गाडीमा लुकेर गएका ४७४ […]

कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान

भरतपुर, १८ चैत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको हो । […]

अन्य रोगका बिरामीले सेवा नपाएकोमा स्थानीयतहका प्रमुखहरुको चासो

भरतपुर, १८ चैत(रासस) जिल्लामा रहेका अस्पतालले कोरोना सङ्क्रमणको आशङ्का गरिएकाबाहेकका बिरामीलाई सेवा दिन नसकेको स्थानीय तहका प्रमुखले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहहरुको समन्वयात्मक बैठकमा स्थानीय तहका प्रमुखले कोरोना सङ्क्रमणको डरका कारण अन्य रोगका बिरामीले सेवा पाउन नसकेको बताएका हुन् । कोरोना भाइरसका बिरामीलाई लक्षित गर्दा अन्य […]

कोरोना संक्रमण‚ रोकथाम‚ नियन्त्रण र उपचार कोषमा पूर्व राजाको २ करोड सहयोग

काठमाडौं, १८ चैत पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण‚ रोकथाम‚ नियन्त्रण र उपचार कोषमा हिमानी कोषमार्फत २ करोड सहयोग गर्ने बताएका छन्। मंगलबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले यो आपतकालीन घडीमा आफ्नो ज्यानको परवाह नगरी सेवामा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलगायतप्रति आभार व्यक्त गरेका छन्। पूर्वराजाको सन्देश

कोरोना भाइरसविरुद्धको लडाइँ लामो समय रहन सक्छ: डब्ल्यूएचओ

काठमाडौं, १८ चैत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न सबैमा आग्रह गरेको छ । डब्ल्यूएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताए । उनले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताए । चीनको बुहावबाट सुरु […]

कोरोना भाईरस परीक्षण प्रयोगशाला चितवनमा सञ्चालन गर्न माग

भरतपुर, १८ चैत मेडिकल सिटीको रुपमा लिइने चितवनमा एक सरकारी अस्पताल, एक क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज र तीन दर्जन बढी अस्पतालहरु छन् । तर अहिलेको विषम परिस्थितीमा कोरोना भाईरस परीक्षण गर्ने ल्याव यहाँ छैन । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा मंगलवार भरतपुरमा वसेको सर्वपक्षीय, सर्वदलीय बैठकले चितवनमा कोरोना भाईरस परीक्षण […]

डा.भोजराज अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त

भरतपुर, १८ चैत भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट अधिकारी तीन वर्षका लागि अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् । भरतपुर अस्पताल केन्द्रिय अस्पताल बनेपछि विकास समितिको अध्यक्ष नियुक्त हुने अधिकारी नै पहिलो हुन् । डा.अधिकारी सोही अस्पतालतालको फिजिसियन डाक्टर हुन् । […]

निजी अस्पताललाई सर्वोच्च अदालतको आदेश:बिना शर्त कोरोना सं‌क्रमितको उपचार गर

काठमाडौं, १८ चैत सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको […]

क्लिनिक नेपालद्वारा मेघौलीका ८२ परिवारलाई २ हप्तालाई पुग्ने खाद्यान्न सहयोग

मेघौली, १८ चैत क्लिनक नेपाल नामक संस्थाले चितवनको मेघौली क्षेत्रका कम आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मेघौलीको सिसौघारी/तेलौली आसपासका क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दैआएका व्यक्तिको परिवारलाई सहयोग गरिएको हो । ८२ परिवारलाई २ हप्तालाई पुग्ने खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष हरी भण्डारीले बताए । ५ जना सम्म रहेकाे परिवारलाई १५ किलो […]

मुसहरबस्तीमा लकडाउनको असर, चुल्हो बल्नै छाड्यो

ध्रुवराज खनाल खैरहनी, १८ चैत विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको प्रत्यक्ष असर खैरहनी कठारका माझी मुसहर समुदायमा परेको छ । लकडाउनले घरमै बस्न बाध्य भएका उनीहरुको चुल्हो नबल्ने अवस्थामा पुगिसक्यो । ज्याला मजदुरी गरेर उनीहरुले विहान वेलुकाको छाक टार्दै आएका छन् । एक साता सम्म जेनतेन छाक […]

मुख्यमन्त्री डोरमणी पौडेलले आज साँझ बागमती प्रदेशबासीलाई सम्बोधन गर्ने

हेटौंडा, १८ चैत(रासस) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उहाँले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो […]

१५ दिनमा विदेशबाट २६५ जना भरतपुर महानगर भित्रिए, भारतबाट आउनेमात्रै १०५

भरतपुर, १८ चैत(रासस) कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार १५ दिनको अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्याङ्कले देखाएको […]

लकडाउनमा दूध फालेकाेप्रति सर्वत्र विराेध

लेखराम सापकोटा भरतपुर, १८ चैत लकडाउनको बेलामा दूध बिक्री भएन भन्दै चितवनका किसानले खाडलमा खन्याएकाे घटनाकाे व्यापक विरोध भएको छ । भरतपुर महानगरपालिका-१४, शिवनगरस्थित श्री जयशिव गणेश दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सदस्यहरूले कृषकबाट संकलन गरिएको दूध लकडाउनका कारण बिक्री भएन भन्दै खाडलमा फालेकाे सार्वजनिक भएपछि तीव्र विराेध गरिएकाे हाे । दूध तथा तरकारीजन्य वस्तु […]

वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, १८ चैत वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए । चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना […]

कोरोना सङ्क्रमित युवतीलाई घरसम्म पु¥याउने चालकको पहिचान

बागलुङ, १८ चैत(रासस) बागलुङकी कोरोना भाइरस सङ्क्रमित युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् । […]

विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार

सोलुखुम्बु, १८ चैत(रासस) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष असिम […]

कर्नाटकमा होम क्वारेन्टाइन बस्नेले प्रत्येक घण्टा सेल्फी खिचेर पठाउनुपर्ने

काठमाडौं, १८ चैत घरमै क्वारेन्टाइन बस्ने भनेर नबसेका देखि क्वारेन्टाइनबाट भागेका सम्म उदाहरण हामीले नेपालमै थाहा पायौं । होम क्वारेन्टाइनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय अहिले बहसमै छ । छिमेकी देश भारतको कर्नाटक राज्य सरकारले भने घरमै क्वारेन्टाइनमा बसेकाहरुले प्रत्येक एक घण्टामा आफ्नो सेल्फी खिचेर पठाउनुपर्ने नियम बनाएको छ। कोरोना भाइरस रोकथामका लागि भन्दै कर्नाटक […]

अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

न्युयोर्क/टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ। सन् २०१६ को अक्टोबर १४ मा […]

रामनवमीमा शोभायात्रा, विशेष मेला स्थगित

काठमाडौं, १८ चैत कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण यस वर्षको रामनवमी पर्वका दिन देशभरका राम मन्दिरमा भक्तजनको भीड नलाग्ने भएको छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्याका राजकुमारका रूपमा पिता दशरथ र माता कौशल्यावतीको सुपुत्रका रूपमा श्रीरामको जन्म भएको विश्वासमा प्रत्येक वर्ष यो पर्व मनाउने गरिन्छ । यस वर्ष पशुपति क्षेत्रस्थित […]

काेराेना अस्पताललाई उद्योग वाणिज्य संघले दियाे एन ९५ मास्क

भरतपुर, १८ चैत उद्योग वाणिज्य संघ-चितवनलेे भरतपुरमा रहेकाे काेराेना विशेष (अस्थायी) अस्पताललाई सहयाेग गरेकाे छ । काेराेना संक्रमित वा संक्रमणकाे  आशंका गरिएका बिरामी राखिने उक्त अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संघका तर्फबाट खरिद गरिएकाे २५० थााा एन ९५ मास्क प्रदान गरिएकाे संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका कार्यदल संयोजक  […]

२०७७ सालको दशैंको टीका कात्तिक १० गते, भाईटिका मंसिर १ गते

काठमाडौं, १८ चैत २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ […]

भरतपुर अस्पतालले कोरोना परीक्षणका लागि पठाएको थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ

भरतपुर, १८ चैत चितवनको भरतपुर अस्पतालले परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा पनि नेगेटिभ आएको छ । अस्पतालले कूल २० जनाको स्वाब परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आजै कोरोना अस्पतालमार्फत प्रयोगशाला पुगेका अन्य स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थियो । भरतपुर कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, […]

आगलागीबाट दालमोठ कम्पनीमा करिब डेढ करोडको क्षति

भरतपुर, १८ चैत भरतपुरको लंकूस्थित दालमोठ कम्पनीमा मंगलबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ । भरतपुर -४ धारापानी टोलमा रहेको सरस फुड इन्डष्ट्रीमा आगलागी हुँदा मेसिन, कच्चापदार्थ र उत्पादन भएका सामग्री सबै जलेर काम नलाग्ने भएको बताइएको छ । बिहान ५ बजेबाट लागेको आगो निभाउन भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली […]

भरतपुर कोरोना अस्पतालमा उपचाररत तीन जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

भरतपुर, १८ चैत चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए । उनीहरुको स्वाब परीक्षणका लागि चैत १६ गते केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो […]

युएईको नयाँ नीति:रोजगारदाताले आप्रवासी श्रमिक कटौती गर्न पाउने

काठमाडौं, १८ चैत संयुक्त अरब इमिरेट्स (युएई) ले रोजगारदाताले आवश्यक परे आप्रवासी श्रमिक कटौती गर्न पाउने नीति ल्याएको छ। कोभिड १९ (कोरोना भाइरस) संक्रमणको चपेटामा परेको अर्थतन्त्रलाई मध्यनजर गर्दै युएई सरकारले यस्तो नीति ल्याएको हो। यसअनुसार रोजगारदाताले आफ्नो उद्योग वा कम्पनीमा कार्यरत आप्रवासी श्रमिकहरुलाई पारिश्रमिक दिन समस्या परे श्रमिक कटौती गर्न सक्ने भएका छन् । […]

लकडाउनमा पनि शरीरलाई सकृय बनाउन नछोड्नु:डब्ल्यूएचओ

काठमाण्डौं, १८ चैत लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनको आग्रह छ । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन […]

विश्वका दुई सय देशमा करोना प्रभाव, एक लाख ६४ हजार सात सयलाई निको, ३७ हजार सात सय बढीले ज्यान गुमाए

काठमाण्डौं, १८ चैत कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका दुई सय देश प्रभावित बनेका छन् । ती मध्ये युरोपमा विभिन्न देश निकै प्रभावित भएका छन् । गएको २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ जना, इटलीमा आठ सय १२ जना र फ्रान्समा चार सय १८ जनाको ज्यान गएको छ । योसँगै इटलीमा मात्रै […]

लंकूको सरस इन्डस्ट्रीमा आगलागी

भरतपुर, चैत १८ भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । आगलागी विद्युत सर्टका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार उद्योगमा बिहान करिब सवा ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो […]