आगलागीबाट दालमोठ कम्पनीमा करिब डेढ करोडको क्षति

भरतपुर, १८ चैत
भरतपुरको लंकूस्थित दालमोठ कम्पनीमा मंगलबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।

भरतपुर -४ धारापानी टोलमा रहेको सरस फुड इन्डष्ट्रीमा आगलागी हुँदा मेसिन, कच्चापदार्थ र उत्पादन भएका सामग्री सबै जलेर काम नलाग्ने भएको बताइएको छ । बिहान ५ बजेबाट लागेको आगो निभाउन भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाका गरि ५ वटा दमकल आएका थिए । दालमोठ बनाउने तेलमा आगो सल्किएपछी आगोले ठूलो रुप लिँदा दमकल आउनु अगावै सबै सामग्री जलेर नष्ट भैसकेको सञ्चालक सुनिल अग्रवालले जानकारी दिए ।

दिउँसोको समयमा मात्रै सञ्चालनमा आइरहेको कम्पनीमा रातीको समयमा काम हुँदैनथ्यो । आगलागी के कारणले भयो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । आगलागीबाट करिब एक करोड पचास लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट