भरतपुर अस्पतालले कोरोना परीक्षणका लागि पठाएको थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ

भरतपुर, १८ चैत
चितवनको भरतपुर अस्पतालले परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा पनि नेगेटिभ आएको छ ।

अस्पतालले कूल २० जनाको स्वाब परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आजै कोरोना अस्पतालमार्फत प्रयोगशाला पुगेका अन्य स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थियो । भरतपुर कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।

उनीहरुको स्वाब परीक्षणका लागि चैत १६ गते केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट