विश्वका दुई सय देशमा करोना प्रभाव, एक लाख ६४ हजार सात सयलाई निको, ३७ हजार सात सय बढीले ज्यान गुमाए

काठमाण्डौं, १८ चैत
कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका दुई सय देश प्रभावित बनेका छन् । ती मध्ये युरोपमा विभिन्न देश निकै प्रभावित भएका छन् । गएको २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ जना, इटलीमा आठ सय १२ जना र फ्रान्समा चार सय १८ जनाको ज्यान गएको छ ।

In this Sunday, Feb. 16, 2020, photo, a medical worker records down a patient’s condition at Jinyintan Hospital designated for new coronavirus infected patients, in Wuhan in central China’s Hubei province. China reported thousands new virus cases and more deaths in its update Tuesday, Feb. 18, 2020 on a disease outbreak that has caused milder illness in most people, an assessment that promoted guarded optimism from global health authorities. (Chinatopix via AP)

योसँगै इटलीमा मात्रै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९१ पुगेको छ । यस्तै स्पेनमा सात हजार सात सय १६ जना, फ्रान्समा तीन हजार २४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म सात लाख ८३ हजार दुई सय ७७ जनामा सङ्क्रमण पुष्टि भएकामा एक लाख ६४ हजार सात सय ५३ जना उपचारपछि निको भएका छन् । ३७ हजार सात सय ४४ जनाको ज्यान गएको छ ।

युरोपपछि अमेरिकामा पनि कोरोना फैलिने क्रम तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा थप पाँच सय ४४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय २७ जनाको ज्यान गएको छ ।

यस्तै अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित छन् । गएको २४ घण्टामा १९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएपछि अमेरिकामा मात्रै सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार सात सय ६१ जना पुगेको छ ।

अमेरिकापछि इटलीमा एक लाख एक हजार ३९ सात सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैबीच बोस्टवानामा पनि तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि विश्वका दुई सय देशमा र दुई वटा पानी जहाजमा कोरोना फैलिएको पाइएको छ ।

कोरोना भाइरसका कारण सिरियामा पनि पहिलो व्यक्तिको ज्यान गएको छ । एक जना महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको भनिए पनि उनीबारे अरु विवरण खुलाइएको छैन । अरु नौ जनामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट