भरतपुर, १८ चैत
भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट अधिकारी तीन वर्षका लागि अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् । भरतपुर अस्पताल केन्द्रिय अस्पताल बनेपछि विकास समितिको अध्यक्ष नियुक्त हुने अधिकारी नै पहिलो हुन् ।
डा.अधिकारी सोही अस्पतालतालको फिजिसियन डाक्टर हुन् । उनी अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको प्रबक्ता पनि हुन् । कोरोना भाइरसको महामारी विश्वव्यापी बन्दैगर्दा चितवनमा करोना अस्पताल निर्माण तथा सञ्चालन गर्नमा उनको ठूलो भूमिका छ ।
अस्पतालको अध्यक्षमा स्वास्थ्य क्षेत्रकै चर्चित व्यक्ति नियुक्त हुनुलाई धेरैले सकरात्मक कार्यकोरुपमा लिएका छन् । यसअघि जिल्ला अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालको अध्यक्षमा प्राय:राजनीतिक दलका सकृय कार्यकर्ताको नियुक्ति हुने गर्दथ्यो ।
साथै समितिका सदस्यहरुमा शिक्षा क्षेत्रका विज्ञ रमाकान्त सापकोटा, सामाजिक कार्यमा सकृय केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।
मन्त्रालयको पत्र






