भरतपुर, १८ चैत
उद्योग वाणिज्य संघ-चितवनलेे भरतपुरमा रहेकाे काेराेना विशेष (अस्थायी) अस्पताललाई सहयाेग गरेकाे छ ।
काेराेना संक्रमित वा संक्रमणकाे आशंका गरिएका बिरामी राखिने उक्त अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संघका तर्फबाट खरिद गरिएकाे २५० थााा एन ९५ मास्क प्रदान गरिएकाे संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका कार्यदल संयोजक भरतपुर महानगर प्रमुख रेनु दाहालकाे विशेष उपस्थितिमा संघका अध्यक्ष राजु श्रेष्ठ र पूर्व अध्यक्ष मित्रराज दवाडीलेे अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिल विक्रम कार्कीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
संघले छिट्टै दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहत वितरण गर्न लागेकाे संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।





