कोरोना भाईरस परीक्षण प्रयोगशाला चितवनमा सञ्चालन गर्न माग

भरतपुर, १८ चैत
मेडिकल सिटीको रुपमा लिइने चितवनमा एक सरकारी अस्पताल, एक क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज र तीन दर्जन बढी अस्पतालहरु छन् । तर अहिलेको विषम परिस्थितीमा कोरोना भाईरस परीक्षण गर्ने ल्याव यहाँ छैन ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा मंगलवार भरतपुरमा वसेको सर्वपक्षीय, सर्वदलीय बैठकले चितवनमा कोरोना भाईरस परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेको छ । वैठकले तत्काल कोरोना भाईरस परीक्षण ल्याव स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको जिसस प्रमुख डल्लाकोटीले बताए ।

यहाँ ल्याव नहुँदा परीक्षणका लागि काठमाडौ पठाईदै आएको छ । साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला चितवनमा स्थापना गर्नका लागि पहल गर्ने निर्णय समेत भएको छ । वैठकले कोरोना भाईरस परीक्षण तथा यससँग सम्वन्धित आवश्यक मेडिकल सामाग्री उपलव्ध गराउन प्रदेश र संघीय मन्त्रालयमा माग गरेको छ । अहिलेको परिस्थितिमा प्रभावितहरुलाई एकरुपताका साथ राहत वितरण गर्ने निर्णय समेत भएको जिसस प्रमुख डल्लाकोटीले बताए ।

बैठरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, कृष्णप्रसाद खनाल, मिलनवावु श्रेष्ठ, भरतपुर महानगर प्रमुख रेनु दाहाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ती नगरपालिका प्रमुख प्रभा वराल, माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकाल, नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट