मेघौली, १८ चैत
क्लिनक नेपाल नामक संस्थाले चितवनको मेघौली क्षेत्रका कम आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

मेघौलीको सिसौघारी/तेलौली आसपासका क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दैआएका व्यक्तिको परिवारलाई सहयोग गरिएको हो । ८२ परिवारलाई २ हप्तालाई पुग्ने खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष हरी भण्डारीले बताए ।

५ जना सम्म रहेकाे परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ सय ग्राम मसला, आधा लिटर तेललगायतका खाद्यसामग्री दिइएको छ । ५ जना भन्दा बढी सदस्य रहेको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ सय ग्राम मसला, आधा लिटर तेललगायतका सामग्री सहयोग गरिएको क्लिनक नेपालका म्यानेजर सुमन पौडेलले बताए ।






