भरतपुर, चैत १८
भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।

आगलागी विद्युत सर्टका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार उद्योगमा बिहान करिब सवा ५ बजे आगलागी सुरु भएको हो ।
हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीका कारण भएको क्षतिको विवरण भने आउन बाँकी छ ।





