१५ दिनमा विदेशबाट २६५ जना भरतपुर महानगर भित्रिए, भारतबाट आउनेमात्रै १०५

भरतपुर, १८ चैत(रासस)

कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार १५ दिनको अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ ।

भारत पछि दुबई ३४, कतार २४ , अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् । अन्य देशबाट समेत फर्किएका जनाइएको छ । वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् ।

महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो ।

उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आगह गरिएको न्यौपानले जानकारी दिनुभयो । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट