न्युयोर्क/टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए ।
सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ।
सन् २०१६ को अक्टोबर १४ मा डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए।





