भरतपुर कोरोना अस्पतालमा उपचाररत तीन जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

भरतपुर, १८ चैत
चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।

उनीहरुको स्वाब परीक्षणका लागि चैत १६ गते केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट