कोरोना भाइरसविरुद्धको लडाइँ लामो समय रहन सक्छ: डब्ल्यूएचओ

काठमाडौं, १८ चैत
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न सबैमा आग्रह गरेको छ । डब्ल्यूएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताए ।

उनले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताए । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ । तर एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको डब्ल्यूएचओले बताएको छ ।

उनले सबै मुलुकले स्थानीय अवस्थाअनुसार भाइरस रोक्ने प्रयत्न जारी राख्नुपर्ने उल्लेख गरे । त्यसका लागि संक्रमितको पहिचान, आइसोलेशन र परीक्षणको काम छिटै गर्ने, संक्रमितको सम्पर्कका आएका मानिसलाई जतिसक्दो छिटो क्वारेन्टाइनमा राख्ने र सामाजिक दूरी घटाउने उपाय अवलम्बन गर्ने कामलाई सबै मुलुकले जारी राख्नुपर्ने कासाईको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट