कर्नाटकमा होम क्वारेन्टाइन बस्नेले प्रत्येक घण्टा सेल्फी खिचेर पठाउनुपर्ने

काठमाडौं, १८ चैत
घरमै क्वारेन्टाइन बस्ने भनेर नबसेका देखि क्वारेन्टाइनबाट भागेका सम्म उदाहरण हामीले नेपालमै थाहा पायौं । होम क्वारेन्टाइनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय अहिले बहसमै छ ।

छिमेकी देश भारतको कर्नाटक राज्य सरकारले भने घरमै क्वारेन्टाइनमा बसेकाहरुले प्रत्येक एक घण्टामा आफ्नो सेल्फी खिचेर पठाउनुपर्ने नियम बनाएको छ। कोरोना भाइरस रोकथामका लागि भन्दै कर्नाटक राज्य सरकारले घरमै क्वारेन्टाइनमा राखिएकालाई विशेष एपमार्फत् प्रत्येक एक घण्टामा एउटा सेल्फी पठाउन निर्देशन दिएको हो।

राज्य सरकार अन्तर्गतको मेडिकल शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यदि क्वारेन्टाइनमा बसेको व्यक्तिले प्रत्येक एक घण्टामा सेल्फी नपठाए उनीहरुलाई सजाय स्वरुप ‘मास क्वारेन्टान’मा पठाइने छ। सेल्फी पठाउनका लागि सरकारले एप बनाएको र त्यहीमार्फत् फोटो पठाउन सकिने बताइएको छ।

पठाएको तस्बिर सही भए/नभएको जाँच सरकारको तस्बिर प्रमाणीकरण टिमले गर्नेछ।

विज्ञप्ति

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट