निजी स्कूलहरुले चैत महिनाको शुल्क लिन नपाउने

काठमाडौं, १६ चैत सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो […]

पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले श्रमिकलाई चैत महिनाको पुरै तलव दिनुपर्ने

काठमाडौं, १६ चैत पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने भएको छ । कोरोना भाइरस -कोभिड-१९० बाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित छ । धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी विदा दिएका छन् । कतिपयले बेतलबी विदा समेत दिएका […]

इन्टरनेटको शुल्कमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा

काठमाडौं, २६ चैत सरकारले इन्टरनेटको शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवाप्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने […]

विद्युत महसुलमा २५ र खाद्यान्नमा १० प्रतिशत छुट

काठमाडौं, १६ चैत सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको […]

फ्रान्सका पूर्वउद्योगमन्त्री देभेजँको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

१६ चैत/फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो। उनी ओत द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए। निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए। देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य […]

लकडाउनको अवधि थपियो, अब चैत २५ गते सम्म लकडाउन

काठमाडौं, १६ चैत सरकारले लकडाउनको अवधि थप गरेको छ । चैत १८ गते विहान ५ गते सम्मका लागि लकडाउन गरेको सरकारले अवधि लम्ब्याउँदै चैत २५ गते राति १२ बजे सम्म गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाएको हो । सरकारका प्रबक्ता डा.युवराज खतिवडाले चैत २५ […]

संक्रमितको संख्या बढेसँगै जापानका नेपाली व्यवसायी चिन्तित

गणेश खनियाँ टोकियो, १६ चैत(रासस) पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । […]

भरतपुर अस्पताललाई रोटरीको स्वास्थ्य सामग्री सहयोग

भरतपुर, १६ चैत रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पीपीईलगायतका सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९)का बिरामीको उपचारमा चिकित्सकलाई सहज होस भनेर क्लबले ५० थान पीपीई र १ सय ५० थान पञ्जा उपलब्ध गराइएको हो । क्लबका अध्यक्ष बिपिन पोखरेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती […]

राष्ट्र बैंकको घोषणा ‘चैतमा तिर्नुपर्ने कर्जा र व्याज असार मसान्तसम्ममा तिर्दा हुने’

काठमाडौं, १६ चैत कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले […]

चितवनबाट हिजो स्वाब परीक्षणका लागि पठाइएका चारैजनामा कोरोना नेगेटिभ

भरतपुर, १६ चैत चितवनबाट हिजो कोरोना भाइरसको परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाइएको चारै जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोरोना अस्पतालमा उपचाररत आशिक पौडेल, सुशील चौधरी,  ममाकान्त भट्टराई र  पोशक पोखरेलको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए । उक्त अस्पतालले आज पनि तीन जनाको नमूना परीक्षणका लागि स्वाब केन्द्रिय प्रयोगशाला पठाएको […]

चितवनमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेस चितवनको माग

भरतपुर, १६ चैत नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले जिल्लामा जति सक्दो चाँडो कोरोना भाइरस परीक्षण प्रयोगशाला केन्द्रको स्थापना गर्न सरकारसँग माग गरेको छ । पार्टीले आज प्रेस विज्ञप्ती जारी गर्दै सत्तासीन पार्टीका प्रभावशाली नेताहरूको गृह जिल्ला रहेको चितवनमा भाइरसको परीक्षण प्रयोगशाला नहुनु लज्जाको विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण […]

भ्रामक कुरा गरी अफवाह फैलाउने महिला पक्राउ

भरतपुर, १६ चैत विश्वभर नै नोबल कोरोना भाईरस माहामारीको रूपमा फैलिरहेको अवस्थामा धर्मसम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको माडी न.पा.वडा नं.७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुंगाना रहेकी छिन् । ढुंगानाले गाउँका मानिसहरूलाई यशुलाई विश्वास गरेमा तपाईहरूलाई केही […]

भरतपुर कोरोना अस्पतालको आइसोलेसन वार्डमा थप तीन जना बिरामी भर्ना

भरतपुर, १६ चैत कोरोना विशेष अस्पतालको ओपिडीमा आज २४ जनाले सेवा लिएका छन् । त्यस्तै ३ जनालाई भर्ना गरिएको जानकारी अस्पताल श्रोतले दिएको छ । यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या ६ पुगेको छ । आज ३ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

तरकारी र खाद्यान्न किन्न अव्यवस्थित भीड

लेखराम सापकोटा भरतपुर, १६ चैत सरकारले ‘लकडाउन’को अवधिमा उपभोक्तालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु किनमेल गर्न छुट दिएको छ । तरकारी बजार तथा खाद्यान्न पसलहरूमा विशेषगरी बिहान र बेलुकि उपभोक्ताको बाक्लो भीड हुने गरेको छ । सरकारले गत मंगलबारबाट हिँडडुल गर्न नपाउने गरी घरमै बस्न अनुरोध गर्दै लकडाउन आह्वान गरेको हो । रोगको महामारी समुदायमा नफैलियोस् […]

लकडाउन थप कडा पारिदै, उल्लंघन गर्नेलाई ६ महिना कैदको व्यवस्था

काठमाडौं, १६ चैत भारत या तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्‍नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति […]

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘स्वास्थ्य सामग्री केही महंगो परेको हुनसक्छ’

काठमाडौं, १६ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ । मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका […]

खैरहनीमा बजार अनुगमन, खाद्यान्न दश दिनलाई पुग्ने बाँकी

खैरहनी, १६ चैत लकडाउनका बेला कृतिम अभाव सृजना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । खैरहनी नगरपालिका उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा अनुगमन गरिदै आएको छ । आइतबार विहान खाद्यान्न पसल र मेडिकलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पसलमा अबको १० दिन सम्मलाई पुग्ने खाद्यान्न तथा […]

अझै हतास छैनन् इटलीका स्वास्थ्यकर्मी

–दिलीप शर्मा काठमाडौँ, १६ चैत (रासस) सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरूले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन रात अस्पताल, स्वास्थ्य चौकी र पछिल्ला केही सातादेखि त शहरका चोकचोकमा पनि पुगेर […]

भारतको तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा

नयाँदिल्ली, १६ चैत (रासस/एएनआई) भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन […]

अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध अप्रिल १५ सम्म थपियो

काठमाडौं, १६ चैत सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

लकडाउन: पशु चौपाया भोकै !

“यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । यिनको केही व्यवस्थापन गरिदिए कस्तो राम्रो हुन्थ्यो”, स्वयम्भूनाथ परिसरमा भेटिएका खुद्रा व्यापारी ईश्वर बस्नेतको भनाइ हो यो । मन्दिर व्यवस्थापन समिति र पुजारीले साँझ बिहान सामान्य खानेकुरा दिए पनि यी जनावर लामो समयदेखि […]

रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु

बुटवल, १६ चैत रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं […]

भरतपुर अस्पताल : बेड छ, अरु तयारी छैन

भरतपुर, १६ चैत नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)नभएको र यस्तो अवस्थामा उपचार गर्न नसक्ने भनेर पछिल्ला केही दिनमा आवाज उठाइरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा हिजो लेखे–“हो म स्वार्थी छु, म पीपीईविना काममा जान सक्दिनँ । सरकारले यसको लागि मलाई पक्रेला, पक्रोस् ।” उनले […]

बेल्जियममा देखियो बिरालोमा कोरोना भाइरस, घरमालिकबाट सरेको अनुमान

काठमाडौं, १६ चैत बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो […]

इच्छाकामनाका गाउँ तिर जाँदै हुनुहुन्छ ? पहिले हात धुनुहोस्…

इच्छाकामना, १६ चैत कोरोना भाइरस सक्रमण फैलन सक्ने डरले पहाडी भूगोलमा पनि जनता जागरुक हुन थालेका छन् । बाटोघाटो अवरोध गरिएको छ भने बजार आउजाउ गर्नेको लागि गाउँ प्रवेशद्वारमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । सरकारले पनि नौलो मान्छे देख्नेबित्तिकै र बिदेशबाट आएकाहरु कोही भएमा खबर गर्न भनेअनुसार गाउँले ले नै निगरानी बढाएको […]

लकडाउनको अवज्ञा गर्ने विरुद्ध कडा बन्दै प्रहरी, चितवनमा विहानै १०५ जना नियन्त्रणमा

भरतपुर, १६ चैत सरकारले घोषणा गरेको एक हप्ताको लकडाउनके समय सकिनै लाग्दा चितवनमा प्रहरी झनै कडा रुपमा प्रस्तुत भएको छ । विहानदेखि वेलुका सम्म प्रहरी सडकमै बसेर बाहिर निस्कने सवारी साधन र वटुवाहरुलाई नियन्त्रणमा लिईरहेको छ । अघिल्ला दिनहरुमा सवारी नियन्त्रणमा लिएर वेलुका छाड्ने गरेपनि नयाँ नीतिअनुसार त्यस्ता सवारीका चालकहरुलाई वेलुका सम्म होल्ड गराउन सुरु […]

चुरोट बिँडी सेवनकर्ता कोरोना भाइरसको उच्च जोखिममा

काठमाण्डौं, १६ चैत विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी सेवन (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ । चुरोट, बिँडी सेवन गर्नेहरुमा पहिले नै फोक्सोको रोग हुने वा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा […]

मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउनको अवधि लम्व्याउने तयारी, राहत प्याकेज आउने संभावना

Oli cabinet

काठमाडौं १६ चैत सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते विहान ६ […]

निको भएकालाई पुन: हुन सक्छ कोरोना भाइरसको सङ्क्रमण ?

काठमाण्डौं, १६ चैत कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा फर्किएको केही दिनमा जापानका एक पुरुषमा पुन: संक्रमण देखिएपछि चिकित्सकहरुमा चिन्ता बढाएको छ । उनी निको भएर घर फर्किएपछि फेरि बिरामी भएको र उनको परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । यो निकै चिन्ताको विषय भएको डाक्टरहरुले बताएका छन् । प्रतिरोधात्मक क्षमता राम्रोसँग […]

कोरोना सङ्क्रमण नियन्त्रण र राहतका लागि चितवनका चार नगरपालिकाले बनाए ८० लाखको कोष

रत्ननगर, १६ चैत पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन् । चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन् । बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी […]