चितवनबाट हिजो स्वाब परीक्षणका लागि पठाइएका चारैजनामा कोरोना नेगेटिभ

भरतपुर, १६ चैत

चितवनबाट हिजो कोरोना भाइरसको परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाइएको चारै जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोरोना अस्पतालमा उपचाररत आशिक पौडेल, सुशील चौधरी,  ममाकान्त भट्टराई र  पोशक पोखरेलको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।

उक्त अस्पतालले आज पनि तीन जनाको नमूना परीक्षणका लागि स्वाब केन्द्रिय प्रयोगशाला पठाएको छ ।

त्यसैगरी, भरतपुर अस्पतालले आज ३ जनाको कोरोना नमुना संकलन गरी टेकु परीक्षणका लागि पठाएको छ । ती मध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा रहेका छन् भने २ जना सेल्फ क्वारेन्टाइनमा  छन् । अस्पतालमा आज ६ जना ज्वरोका बिरामी उपचारमा आएकाे सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट