राष्ट्र बैंकको घोषणा ‘चैतमा तिर्नुपर्ने कर्जा र व्याज असार मसान्तसम्ममा तिर्दा हुने’

काठमाडौं, १६ चैत
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।

जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने छन् ।

राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंकले बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट