चितवनमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेस चितवनको माग

भरतपुर, १६ चैत
नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले जिल्लामा जति सक्दो चाँडो कोरोना भाइरस परीक्षण प्रयोगशाला केन्द्रको स्थापना गर्न सरकारसँग माग गरेको छ ।

पार्टीले आज प्रेस विज्ञप्ती जारी गर्दै सत्तासीन पार्टीका प्रभावशाली नेताहरूको गृह जिल्ला रहेको चितवनमा भाइरसको परीक्षण प्रयोगशाला नहुनु लज्जाको विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ – “आवश्यक चिकित्सकहरू तथा सुविधासम्पन्न अस्पतालहरूको समेत पहुँच रहेको चितवनमा यथा सक्य छिटो कोरोना परीक्षण ल्याब स्थापना गर्न सरकारसमक्ष नेपाली कांग्रेस चितवन जोडदार माग गर्दछ ।”

विश्वभर नै कोरोना भाइरसका कारण हजारौंले ज्यान गुमाएको तथा नेपालमा पनि त्यसको जोखिम रहेको बताउँदै कांग्रेस चितवनले मेडिकल सिटीको नामले परिचत चितवन जिल्लामा पनि भाइरस परीक्षण प्रयोगशाला हुनुपर्ने माग राखेको हो ।

विज्ञप्ती

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट