इच्छाकामनाका गाउँ तिर जाँदै हुनुहुन्छ ? पहिले हात धुनुहोस्…

इच्छाकामना, १६ चैत
कोरोना भाइरस सक्रमण फैलन सक्ने डरले पहाडी भूगोलमा पनि जनता जागरुक हुन थालेका छन् ।

बाटोघाटो अवरोध गरिएको छ भने बजार आउजाउ गर्नेको लागि गाउँ प्रवेशद्वारमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।

सरकारले पनि नौलो मान्छे देख्नेबित्तिकै र बिदेशबाट आएकाहरु कोही भएमा खबर गर्न भनेअनुसार गाउँले ले नै निगरानी बढाएको इच्छाकामना ३ कमेरेका ठाकुर अधिकारीले बताए ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले विदेशबाट आएका नागरिकबारे जानकारी गराउन सबैलाई सूचना गरिएको बताइन् । कोरोनाको त्रासले सहर छाडेर मानिसहरू गाउँ जान थालेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट