पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले श्रमिकलाई चैत महिनाको पुरै तलव दिनुपर्ने

काठमाडौं, १६ चैत
पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने भएको छ ।

कोरोना भाइरस -कोभिड-१९० बाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित छ । धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी विदा दिएका छन् । कतिपयले बेतलबी विदा समेत दिएका छन् ।

तर मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पर्यटन क्षेत्रमा काम गरेका सबैलाई चैतको पूरै तलब दिनुपर्ने निर्णय गरेको छ । व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोष उपयोग गर्न सक्ने सरकारको निर्णय गरेको छ ।

सम्बन्धित कम्पनीले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्ने सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट