फ्रान्सका पूर्वउद्योगमन्त्री देभेजँको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

१६ चैत/फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो। उनी ओत द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए।
निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए।

देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै चितित्सकहरूलाई दिएर सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका थिए। तर, शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखिएको थियो।

७१ वर्षीय पाथ्रिक देभेजँले सामाजिक सञ्जाल ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट