काठमाडौं, १६ चैत
सरकारले लकडाउनको अवधि थप गरेको छ । चैत १८ गते विहान ५ गते सम्मका लागि लकडाउन गरेको सरकारले अवधि लम्ब्याउँदै चैत २५ गते राति १२ बजे सम्म गर्ने निर्णय गरेको छ ।

साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाएको हो । सरकारका प्रबक्ता डा.युवराज खतिवडाले चैत २५ गते सम्म अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द गर्ने निर्णय गरेको बताए ।





