दुबईबाट दिल्ली हुँदै काठमाडौं आएर जहाजमा नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए चौंथो कोरोना संक्रमित

काठमाडौं, १४ चैत कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो । स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् […]
फ्रान्सबाट आएकी युवतीका परिवारको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ, युवती आइसोलेसनमै
काठमाडौं, ४ चैत फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ। संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ। उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ। युवतीको स्वास्थ्य अवस्था भने सामान्य […]
धनगढीमा कोरोना पोजिटिभ देखिएका युवकलाई कसले लगेको थियो अस्पताल ?

धनगढी, १४ चैत धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ। ती युवकलाई चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका व्यक्तिको प्रहरीले खोजी थालेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पतालसम्म पुर्याउनेको खोजी सुरु गरिएको जानकारी दिए। ती युवकसँग […]
सहकार्य गर्न तयार भन्दै प्रियङ्काले लेखिन योगीलाई पत्र

लखनउ, १४ चैत भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्नुभएको छ । मुख्यमन्त्री योगी आदित्यनाथलाई शुक्रवार पठाएको पत्रमा गान्धीले कोरोना भाईरस विरुद्धको लडाइमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको हो । पत्रमा लेखिएको छ, “देशको आपतकालीन अवस्थामा सरकारसँग पुर्णरूपमा सहकार्य गर्न तयार रहेकोे निर्णय हाम्रो […]
रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन

१४ चैत/रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेििख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ […]
राष्ट्रकवि घिमिरेलगायतका जेष्ठ नागरिकको अपिल: हातमुख जोर्न समस्या भएकालाई राहत देउ
काठमाडौं, १४ चैत राष्ट्रकवि माधवप्रसाद घिमिरे, सताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धर, लगायतका जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् । शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आपतकालीन राहत घरघरमा पुर्याउन माग गरेका […]
‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी गरिन्छ ‘लक’

काठमाडौं, १४ चैत लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले व्यक्तिलाई पक्राउ […]
कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिको संयोजकमा प्रदेश सांसद सुवेदी

भरतपुर, १४ चैत कोरोना भाइरस (कोभिड–१९) को उपचारलाई व्यवस्थित गर्न चितवनमा ‘कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समिति’ गठन गरिएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको पहलमा भएको भेलाले वागमती प्रदेशका सांसद विजय सुवेदीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी, नेकपा चितवनका […]
कोरोना भाइरसको चाैथो संक्रमित धनगढीमा भेटिए

१४ चैत/कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ। दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको […]
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान, एक जनाको मृत्यु

काठमाडौं, १४ चैत पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ […]
संक्रमितसँग आएका ७८ नेपाली क्वारेन्टाइनमा

भरतपुर, १४ चैत चैत ४ गते कतार एअरवेजको विमानमार्फत दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारेन्टाइनमा रहेको खुलेको छ । संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारेन्टाइनमा रहेको प्रहरीले जानकारी दिएको बीबीसी नेपालीले लेखेको छ । नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने, “दोहाबाट नेपाल पर्किएकामध्ये ७८ […]
अत्यावश्यक बस्तुका पसल नखुलेपछि प्रशासनले दियो चेतावनी, हदैसम्मको कारबाही हुने

भरतपुर, १४ चैत अत्यावश्यक सेवा भित्र पर्ने खाद्यान्न पसल र होटल पनि नखुलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी सहितको सूचना जारी गरेको छ । सरकारले लागू गरेको लकडाउनमा यस्ता पसलहरु पनि खोल्न भनेको छ । तर एकाध वाहेक खाद्यान्न पसल खुलेका छैनन् । खाद्यान्नका पनि ससाना किराना पसल मात्र खुलेका छन् । शुक्रवार जिल्ला प्रशासन […]
विपन्नलाई १ महिना खाना खुवाउने खरालको चाहना

भरतपुर, १४ चैत चितवनका राष्ट्रवादी नेता विष्णु खरालले कोरोना संक्रमणका कारण बिहान–बेलुका हातमुख जोर्न गाह्रो परेका विपन्न मजदुर र किसान परिवारलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । महामारी र लकडाउनका कारण खान समस्या परेको भए सम्पर्कमा आउन उनले अनुरोध गरेका छन् । भरतपुर महानगरपालिकामार्फत आफ्नो यो अभियानलाई सार्थक बनाइदिन उनले नगरप्रमुख रेनु दाहाललाई अवगत […]
३८ लाख ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाण्डौं, १४ चैत नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को […]
स्टोरमा काम गरिरहेको प्रहरी हवल्दारको गोली लागेर मृत्यु

पोखरा, १४ चैत स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो । पोखरा- २६ घर भएका पौडेललाई चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको र उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका काका सूर्य पौडेलले […]
कोरोना अस्पताललाई राउण्ड टेबलले दियो पीपीई

भरतपुर, १४ चैत युवा व्यवसायी तथा पेशाकर्मीहरुको संस्था राउण्ड टेबल–१४ नारायणगढले शुक्रबार कोराना विशेष (अस्थायी) अस्पताललाई विभिन्न सुरक्षा सामग्री सहयोग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपचारमा खटिँदा अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क र स्यानिटाइजर सहयोग गरिएको हो । कोरोना आशंकित बिरामीहरुलाई उपचारका लागि स्थापना गरिएको अस्पतालका लागि १० सेट उच्च […]
बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे । जोनसोनले कोरोना पोजेटिभ देखिएपछि ‘सेल्फ आइसोलेसन’ बसेको उल्लेख गरेको छन् । “यद्यपी यही अवस्थामा सरकारको नेतृत्व गर्नेछु”, उनले भनेका छन् ।
तेस्रो कोरोना संक्रमितसँग आएका यात्रु खोज्न हम्मे

काठमाडौं, १४ चैत यूएईबाट चैत ६ गते नेपाल आएका एक व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भए पनि उनीसँगै यात्रा गरेका अन्य १ सय ६९ यात्रुको पहिचान भइसकेको छैन । कमजोर अन्तरसरकारी समन्वयका कारण संक्रमण पुष्टि भईवरी पत्रकार सम्मेलन गरेको करिब २४ घण्टापछि मात्रै प्रहरी प्रधान कार्यालयले संक्रमित यात्रु सवार विमानका यात्रुको विवरण बिहीबार अबेर पाएको […]
चीनमा विदेशी पर्यटकमाथि प्रतिबन्ध

काठमाडौं, १४ चैत कोरोना भाइरस (कोभिड–१९) मुलुकमा बढ्न नदिन चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुसँग भिसा वा बसोबासको अनुमति भएपनि अस्थायी रुपमा उनीहरुलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । चीनले स्थानीय र विदेशी एयरलाइन्समाथि पनि सातामा एउटा मात्र उडान भर्ने अनुमति दिएको छ । साथै उडानमा ७५ प्रतिशतभन्दा बढी […]
कोरोना अस्पताललाई क्षेत्री समाज बैद्धिकनगरको सहयोग

चितवन, १४ चैत क्षेत्री समाज बैद्धिकनगर चितवनले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई एक हजार थान मास्क हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष युबराज क्षेत्रीले अस्पतालकी संयोजक एवं भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कपडाको उच्च स्तरीय मास्क हस्तान्तरण गरेका हुन् । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले क्षेत्री समाजले गरेको सहयोग प्रति खुसी प्रकट गरिन् । […]
तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

वासिङ्टन, १४ चैत (रासस / एपी) कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो । उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ । बेरोजगारी […]
ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

सञ्चिता घिमिरे/रासस गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । […]
३०५ जना पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

काठमाडौं, १४ चैत शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहाजमा […]
नारायणगढ क्षेत्रमा डिसइन्फेक्सन छर्दै भरतपुर महानगरपालिका

भरतपुर, १४ चैत भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन डिसइन्फेक्सन छर्न सुरु गरेको छ । आज विहानैबाट नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न थालिएको छ । भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ । राजधानी काठमाडौंसहित मुख्य शहरहरुमा केही दिन देखि यो छर्न थालिएको छ । लकडाउनको चौंथो दिन आज चितवनको बजार क्षेत्र […]
उद्योग वाणिज्य संघकाे राहत वितरण स्थगित

भरतपुर, १४ चैत उद्योग वाणिज्य संघ चितवनले खाद्य सामग्री वितरण गर्ने कार्यक्रम हाललाई स्थगन गरेको छ । कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने सहयोगापेक्षीहरूलाई खाद्य सामाग्रीहरूको अभाव हुन नदिने उदेश्यले राहतस्वरूप आज खाद्य सामग्री उपलब्ध गराउने कार्यक्रम राखेको थियो । संघको परिसरबाट वितरण […]
औषधिजन्य सामाग्री लिन वाइडबडी विमान चीनको ग्वाङझाओ जाँदै

काठमाडौं, १४ चैत कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । विमानस्थल भन्सार विभाग स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो । औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा […]
कोरोनाले ज्यान गुमाउने २४ हजार नाघे

भरतपुर, १४ चैत विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । वल्र्डोमिटरर्सका अनुसार इटालीमा सबैभन्दा धेरैको ज्यान गएको छ भने ज्यान गुमाउनेको सख्ंयाका आधारमा स्पेन दोस्रो नम्बरमा पुगेको छ । चीन तेस्रो नम्बरमा छ । वल्र्डोमिटर्सको बिहान ९ बजेसम्मको पछिल्लो अपडेटअुसार विश्वभरि २४ हजार ८७ जनाको ज्यान गएको छ । जसमध्ये इटालीमा […]
चाइनबाट स्वास्थ्य उपकरण शनिबार ल्याइने

काठमाडौं, १४ चैत कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ। नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने एक मन्त्रीले जानकारी दिए। नेपाल सरकारले आफ्नै खर्चमा सामग्री ल्याउन लागेको हो। ‘चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री […]
प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं, १४ चैत प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । अनलाइन खबरका अनुसार बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने […]
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देश बन्यो अमेरिका

काठमाडौं, १४ चैत चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार […]