विपन्नलाई १ महिना खाना खुवाउने खरालको चाहना

भरतपुर, १४ चैत

चितवनका राष्ट्रवादी नेता विष्णु खरालले कोरोना संक्रमणका कारण बिहान–बेलुका हातमुख जोर्न गाह्रो परेका विपन्न मजदुर र किसान परिवारलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । महामारी र लकडाउनका कारण खान समस्या परेको भए सम्पर्कमा आउन उनले अनुरोध गरेका छन् ।

भरतपुर महानगरपालिकामार्फत आफ्नो यो अभियानलाई सार्थक बनाइदिन उनले नगरप्रमुख रेनु दाहाललाई अवगत गराइने खरालले बताए । “सिंगो संसार अहिले कोरोना भाइरसको प्रकोपले आक्रान्त छ”, उनले भने, “यो महाविपतको घडीमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई प्राकृतिक प्रकोप सरह राहत दिनु सरकारको कर्तव्य हो ।”

तर, सरकारसँगै नागरिकको पनि कर्तव्य सम्झिएर आफूले सहयोग गर्न चाहेको उनले बताए । “हामी नागरिकको पनि कर्तव्य हो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारको राहत कार्यक्रमलाई हामीले पनि सहयोग गर्नुपर्दछ ।”

५० जनासम्मका लागि १ महिनासम्म बिहान र बेलुका खान पुग्ने गरी सहयोग गर्न चाहेको उनले बताए । “एकद्वारबाट अत्यावश्यक ठाउँमा नै बिहान बेलुकिका लागि खाना खान त्यो पैसा पुगोस्”, उनले भने, “त्यही भएर मेयरमार्फत सहयोग गर्न चाहन्छु ।”

खरालले सरकारी तवरबाट अहिलेसम्म प्रभावकारी कार्यक्रम केही नदेखिएको भन्दै नेतृत्वको आलोचनासमेत गरे ।

खराल भरतपुरको लंकूमा बस्छन् । उनले मानवीय सेवा देखाउने बेला यहि भएकोले सहयोग गर्न इच्छुक सबैलाई अभियान थाल्न आह्वान पनि गरे । खराल रास्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय समिति सदस्य हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट