कोरोना अस्पताललाई राउण्ड टेबलले दियो पीपीई

भरतपुर, १४ चैत
युवा व्यवसायी तथा पेशाकर्मीहरुको संस्था राउण्ड टेबल–१४ नारायणगढले शुक्रबार कोराना विशेष (अस्थायी) अस्पताललाई विभिन्न सुरक्षा सामग्री सहयोग गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपचारमा खटिँदा अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क र स्यानिटाइजर सहयोग गरिएको हो ।

कोरोना आशंकित बिरामीहरुलाई उपचारका लागि स्थापना गरिएको अस्पतालका लागि १० सेट उच्च गुणस्तरको पीपीई र मास्कको साथै ३ लिटर ह्याण्ड स्यानिटाइजर दिइएको राउण्ड टेबल–१४ का प्रोजेक्ट कन्भेनर डा. सन्दीप गर्गले जानकारी दिए ।

सो क्रममा राउण्ड टेबल–१४ का अध्यक्ष विकास बर्माले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे ।

कोरोनाविरुद्ध सामुहिकरुपमा लड्नका लागि आफूहरुले सहयोग गरेको बर्माले बताए । आगामी दिनमा अझै यस्तै सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

 

….

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट