१४ चैत/कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन ।
संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।





