सहकार्य गर्न तयार भन्दै प्रियङ्काले लेखिन योगीलाई पत्र

लखनउ, १४ चैत
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्नुभएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथलाई शुक्रवार पठाएको पत्रमा गान्धीले कोरोना भाईरस विरुद्धको लडाइमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको हो ।

पत्रमा लेखिएको छ, “देशको आपतकालीन अवस्थामा सरकारसँग पुर्णरूपमा सहकार्य गर्न तयार रहेकोे निर्णय हाम्रो पाटीले गरेको जानकारी गराउँछु ।”

उहाँले अहिले मतभिन्नता बिर्सेर कोरोना विरुद्ध एकजुट भएर लडनुपर्ने समय रहेको पत्रमा उल्लेख गर्नुृभएको छ ।

गरीब तथा निम्नवर्गका जनताप्रति विषेष ख्याल राख्न पनि गान्धीले मुख्यमन्त्री योगीको ध्यानार्कषण गराउनुभएको छ ।

उहाँले दैनिक काम गरिखाने मजदूरवर्गलाई तत्काल राहत प्याकेज बाँड्न गर्न पनि सुझाव दिनुभएको छ । काङ्ग्रेस नेत्री गान्धीले ति राहतका कार्यक्रमहरु तत्कालै सम्वन्धित व्यतिmको घरघरमा पु¥याउन अत्यावश्यक भइसकेकोमा जोड दिनुभयो ।

“हामीलाई विभिन्न ठाउबाट प्राप्त विवरणमा स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सामाग्री प्राप्त हुन नसकेको उल्लेख गरिएको छ, त्यसप्रति हामीलाई गम्भीर चासो र चिन्ता लागेको छ,” पत्रमा लेखिएको छ । स्वास्थ्यकर्मीहरुलाई तत्काल अत्यावश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउन गान्धीले माग गर्नुभएको छ ।

उहाँले पिडीतहरुलाई सहयोग गर्न कांग्रेसका कार्यकर्ताहरुको स्वयंसेवी टोली र हेल्पलाइन नम्बर (सेवा केन्द्र)तयार गरिएको पनि जानकारी दिनुभयो । उतर प्रदेश प्रशासनले उनीहरुलाई तीव्र गतिमा परिचालन गर्न सक्ने महासचिव गान्धीको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट