कोरोनाले ज्यान गुमाउने २४ हजार नाघे

भरतपुर, १४ चैत
विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । वल्र्डोमिटरर्सका अनुसार इटालीमा सबैभन्दा धेरैको ज्यान गएको छ भने ज्यान गुमाउनेको सख्ंयाका आधारमा स्पेन दोस्रो नम्बरमा पुगेको छ । चीन तेस्रो नम्बरमा छ ।

वल्र्डोमिटर्सको बिहान ९ बजेसम्मको पछिल्लो अपडेटअुसार विश्वभरि २४ हजार ८७ जनाको ज्यान गएको छ । जसमध्ये इटालीमा ८ हजार २ सय १५ जनाको ज्यान गइसकेको छ । त्यस्तै स्पेनमा ४ हजार ३ सय ६५ जनाको ज्यान जाँदा चीनमा ३ हजार २ सय ९२ जनाको ज्यान गएको छ ।

संक्रमित हुनेको संख्याको आधारमा भने अमेरिका पहिलो नम्बरमा देखिएको छ । अमेरिकामा ८५ हजार ५ सय ९४ जनामा कोरोनाको संक्रमण फेला परेको छ । यसअघि सबैभन्दा बढी संक्रमित फेला परेको चीन दोस्रो नम्बरमा छ । त्यहाँ ८१ हजार ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा ८० हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म विश्वका ५ लाख ३२ हजार २२४ जनामा यसको संक्रमण देखापरेको वल्र्डोमिटर्सले जनाएको छ । जसमध्ये एक लाख २४ हजार तीन सय २६ जना उपचारपछि निको भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट