उद्योग वाणिज्य संघकाे राहत वितरण स्थगित

भरतपुर, १४ चैत
उद्योग वाणिज्य संघ चितवनले खाद्य सामग्री वितरण गर्ने कार्यक्रम हाललाई स्थगन गरेको छ ।

कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने सहयोगापेक्षीहरूलाई खाद्य सामाग्रीहरूको अभाव हुन नदिने उदेश्यले राहतस्वरूप आज खाद्य सामग्री उपलब्ध गराउने कार्यक्रम राखेको थियो ।

संघको परिसरबाट वितरण गर्ने तयारी गरिरहँदा अनावश्यक भीड देखिएपछि कोरोना भाइरसको जोखिम झन् बढ्ने भन्दै खाद्यान्न वितरण कार्यक्रम स्थगन गरिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रम हाललाई स्थगन गरिए पनि केही दिनमा नै व्यवस्थित तरिकाले गरिने श्रेष्ठले बताए । भरतपुर महानगरपालिका, वडा कार्यालय र टोल विकास संस्थासँग समन्वय गर्दै सम्बन्धित वडा तथा टोल विकास संस्थाबाट वितरण गर्ने व्यवस्था गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट