बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

जोनसोनले कोरोना पोजेटिभ देखिएपछि ‘सेल्फ आइसोलेसन’ बसेको उल्लेख गरेको छन् । “यद्यपी यही अवस्थामा सरकारको नेतृत्व गर्नेछु”, उनले भनेका छन् ।





