तेस्रो कोरोना संक्रमितसँग आएका यात्रु खोज्न हम्मे

काठमाडौं, १४ चैत
यूएईबाट चैत ६ गते नेपाल आएका एक व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भए पनि उनीसँगै यात्रा गरेका अन्य १ सय ६९ यात्रुको पहिचान भइसकेको छैन । कमजोर अन्तरसरकारी समन्वयका कारण संक्रमण पुष्टि भईवरी पत्रकार सम्मेलन गरेको करिब २४ घण्टापछि मात्रै प्रहरी प्रधान कार्यालयले संक्रमित यात्रु सवार विमानका यात्रुको विवरण बिहीबार अबेर पाएको हो । उक्त विमानमा आएका व्यक्तिको पहिचान नहुँदा संक्रमण फैलिने जोखिम छ ।

संक्रमण पुष्टि भएकी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवती सवार विमानका सबै यात्रुको खोजखबर पत्ता लागिनसक्दै प्रहरीले अर्को विमानका यात्रुको विवरण केलाउन थालेको छ। प्रहरी प्रधान कार्यालयमा रहेर यस काममा खटिएको टोलीका एक सदस्यले भने, ‘केही बेरअघि मात्रै यात्रुको राहदानी नम्बरसहितको विवरण पायौं। अहिले तिनीहरूको पहिचान धमाधम सुरु गरेका छौं।’ यूएईबाट आएका यात्रु कति जिल्लाका छन् भनेर तथ्यांक प्रशोधन भइनसकेको उनले बताए।

संक्रमित यात्रु सवार विमानका यात्रीको खोजी गर्न प्रहरीलाई गाह्रो परेको छ। जसको मुख्य कारण अधिकांश वैदेशिक रोजगारीबाट फर्केका कामदार हुनु हो। उनीहरूले नयाँ मोबाइल नम्बर लिएको हुने र कतिपय राहदानी लिएको जिल्लाबाट अन्यत्र बसाइँ सरिसकेको देखिएको प्रधान कार्यालयको भनाइ छ। ‘व्यक्तिको तथ्यांक राख्ने कमजोर परिपाटीका कारण पनि अहिले सास्ती भइरहेको छ,’ स्रोतले भन्यो।
स्रोत-इकान्तिपुर डटकम

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट