काठमाडौं, १४ चैत
कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ।
नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने एक मन्त्रीले जानकारी दिए।
नेपाल सरकारले आफ्नै खर्चमा सामग्री ल्याउन लागेको हो।
‘चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएकोले नेपाल सरकार आफैंले स्वास्थ्य सामग्री ल्याउन लागेको हो’, उनले भने।





