कोरोना अस्पताललाई क्षेत्री समाज बैद्धिकनगरको सहयोग

चितवन, १४ चैत
क्षेत्री समाज बैद्धिकनगर चितवनले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई एक हजार थान मास्क हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष युबराज क्षेत्रीले अस्पतालकी संयोजक एवं भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कपडाको उच्च स्तरीय मास्क हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले क्षेत्री समाजले गरेको सहयोग प्रति खुसी प्रकट गरिन् । उनले यो सबैको साझा संस्था भएकाले सबैले सक्दो सहयोग गर्न आग्रह समेत गरिन् । माक्स हस्तान्तरण पछि बोल्दै अध्यक्ष क्षेत्रीले सहयोग गर्न पाएको खुसी व्यक्त गरे । विपतमा परेकाहरुलाई सहयोग गर्नु मानवीय दायीत्व भएका कारण आफूहरुले सहयोग गरेको र आउँदा दिनहरुमा पनि सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले उपलव्ध भएका सामानहरु यहाँ आबश्यक भएको यही प्रयोग गर्ने र आबश्यकता भन्दा बढी भए जिल्लाका अन्य अस्पतालहरुमा सहयोग गर्ने जानकारी दिए ।

सो अबसरमा प्रदेश सभा सदस्य बिजय सुबेदी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, समाजसेबी डा. शारदा कुवरलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट