संक्रमितसँग आएका ७८ नेपाली क्वारेन्टाइनमा

भरतपुर, १४ चैत

चैत ४ गते कतार एअरवेजको विमानमार्फत दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारेन्टाइनमा रहेको खुलेको छ । संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारेन्टाइनमा रहेको प्रहरीले जानकारी दिएको बीबीसी नेपालीले लेखेको छ ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने, “दोहाबाट नेपाल पर्किएकामध्ये ७८ जनासँग सम्पर्क गरी क्वारन्टीनमा पठाउनका निम्ति समन्वय गर्न प्रहरी सफल भएको छ ।”

पासपोर्टमा उल्लिखित ठेगानाका आधारमा उनीहरूसँग सम्पर्क गर्न प्रहरी सफल भएको हो ।”

जोशीका अनुसार पहिचान भएका ती व्यक्तिहरू काठमाडौंका विभिन्न स्थान, ललितपुर, कास्की, स्याङ्जा र झापालगायत जिल्लामा क्यारन्टीनमा बसिरहेका छन् । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थीसहित उक्त जहाजमा १५८ जना यात्रु रहेको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट