कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिको संयोजकमा प्रदेश सांसद सुवेदी

भरतपुर, १४ चैत
कोरोना भाइरस (कोभिड–१९) को उपचारलाई व्यवस्थित गर्न चितवनमा ‘कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समिति’ गठन गरिएको छ ।

शुक्रबार भरतपुर महानगरपालिकाको पहलमा भएको भेलाले वागमती प्रदेशका सांसद विजय सुवेदीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी रहेको छन् ।

त्यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिल विक्रम कार्की, चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) डा.मनोहर प्रधान, कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारी, डा.नारायण सिंह कुवँर सदस्य रहेका छन् । आमन्त्रित सदस्यहरुमा जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु रहेका छन् ।

यस्तै प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सहसंयोजकमा घनश्याम दाहाल रहेका छन् भने जिल्लाका अन्य सबै सांसदहरु सदस्यको रुपमा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट