काठमाडौं, १४ चैत
राष्ट्रकवि माधवप्रसाद घिमिरे, सताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धर, लगायतका जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् ।

शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आपतकालीन राहत घरघरमा पुर्याउन माग गरेका हुन् ।
साथै शहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन स्थानीय तह, समुदाय र गुठीहरुको संयोजनमा जनता भान्साघर सञ्चालन गरी दुईछाक खाने प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
किसानका लागि आवश्यक राहत प्याकेज तयारी हालतमा राख्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक वर्षको बनाउन, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न समेत जेष्ठ नागरिकहरुले माग गरेका छन् ।
अपिल





