भाषणकला एवम् उद्घोषण तालिम सम्पन्न

भरतपुर, १५ जेठ । बाह्रघरे आमा समूहको आयोजनामा आयोजित प्रभावकारी भाषणकला एवम् उद्घोषण सम्बन्धि ३ दिने तालिम आइतबार सम्पन्न भएको छ । जेठ १३ गतेदेखि सुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष ज्ञानु रेग्मीको अध्यक्षतामा भएको […]
बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

काठमाडौँ, १५ जेठ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ […]
सरकारले इन्टरनेटमा लाग्ने शुल्क घटाउने

काठमाडौँ, १५ जेठ । सरकारले इन्टरनेट सेवामा लाग्ने शुल्क घटाउने भएको छ । इन्टरनेटलाई सर्वसुलभ बनाउन शुल्क घटाइने अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट वक्तव्यमा बताएका हुन् । यसका साथै, समग्र दूरसञ्चार सेवालाई अझै गुणस्तरीय बनाउने सरकारको लक्ष्य छ । स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार गर्दै लग्ने भनिएको छ । अर्थमन्त्री शर्माले आर्थिक विधेयक पेस गर्दै […]
सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौँ, १५ जेठ सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संसदमा आगामी आर्थिक वर्ष २०७९८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलबमान १५ प्रतिशतले बढाउने घोषणा गरेका हुन् । अब आगामी साउन १ गतेबाट राष्ट्रसेवक, निजामती सेवाका तथा अन्य सरकारी कर्मचारीहरूले नयाँ तलबमानमा सेवासुविधा पाउने छन् । यसअघि […]
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ढाँचा बदलियो

काठमाडौँ, १५ जेठ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेको छ । यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गरेको बताए । हालसम्म यो कार्यक्रम स्थानीय तहको सिफारिसमा हुने साना निर्माण आयोजना मार्फत रोजगारी दिने […]
जोमसोम विमानस्थल प्रमुख भन्छन्ः जहाज लोकेट भएकै छैन, पैदलमार्गबाट खोजी जारी छ

पोखरा,१५ जेठ । सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख […]
‘एलपी ग्याँस छोडौँ, बिजुली जोडौँ’ अभियान सिंहदरबारबाटै

काठमाडौँ, १५ जेठ सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे । यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ । आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक […]
काठमाडौं–चितवन यात्रा एक घण्टामा

भरतपुर,१५ जेठ । सरकारले काठमाडौं–चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी सडक बनाउने योजना सुनाएको छ । सरकारले काठमाडौंबाट चन्द्रागिरी, चित्लाङ पालुङहुँदै एक घण्टामा चितवन पुगिनेगरी द्रुतमार्ग बनाउने योजना सुनाएको हो । यसका साथै चितवनबाट बुटवल र पोखराका लागि पनि द्रुतमार्ग बनाउन निजीक्षेत्रलाई दिइने योजना लगानी बोर्डले बनाउने पनि बताइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बजेटमा

भरतपुर, १५ जेठ सरकारले चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सम्पन्न गर्ने जनाएको छ । संसदमा जारी बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यो सुनाएका हुन् । जारी बजेटमा उनले भनेका छन्–’चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पूरा गर्ने व्यवस्था मिलाइने छ ।’
अब वृद्धभत्ता ६८ वर्षमै पाइने

काठमाडौँ, १५ जेठ अब वृद्ध भत्ता ६८ वर्षमै पाइने भएको छ । हालसम्म ७० वर्ष पुगेका वृद्धवृद्धालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता आगामी आर्थिक वर्ष २०७९/८० देखि ६८ वर्षमै पाइने छ । संसदमा जारी बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यो सुनाएका हुन् । बजेटमा सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने छ समेत […]
बजेटमा चितवन: शक्तिखोर औद्योगिक क्षेत्र निर्माण र लोथरसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने

भरतपुर,१५ जेठ चितवनमा रोकिएका दुई आयोजना अघि बढाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९(८० को बजेट प्रस्तुत गर्दै चितवनका दुई आयोजना अघि बढाइने बताए । अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने र शक्तिखोर औद्योगिक क्षेत्रलाई निजी क्षेत्रसँग साझेदारीमा निर्माण गरिने लक्ष्य राखिने अर्थमन्त्री शर्माले बताए ।यस्तै चितवनको शारदानगर खानेपानी आयोजना आगामी […]
निजगढ विमास्थलको निर्माण कार्य पनि बजेटमा

काठमाडौँ, १५ जेठ सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउन बजेटमा योजना राखेको छ । सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा निजगढ विमानस्थल निर्माणको योजना अगाडि सारेका छन् […]
सरकारले ५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने

भरतपुर,१५ जेठ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिने जानकारी दिएका हुन् । भूमिहीनलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनी पुर्जा वितरण गरिने पनि उनले बताए । अर्थमन्त्री शर्माले संघीय भू–उपयोग नीति कार्यान्वयन गरिने पनि बताए ।
मासिक १० करोडको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

काठमाडौँ, १५ जेठ मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय सरकारले गरेको छ । मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने व्यवस्था मिलाइने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए । औद्योगिक क्षेत्रको विकासका […]
आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं, १५ जेठ सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने बजेटमा उल्लेख छ ।
कृषिमा ५५ अर्ब ५७ करोड बजेट

भरतपुर,१५ जेठ । सरकारले कृषि क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९र८० का लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । आइतवार अर्थमन्त्री जनार्दन शर्माले सासंदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत आगामी आर्थिक वर्ष कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषि उत्पादनको अभियान वर्षका रुपमा मनाइने समेत जानकारी गराए । र्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट […]
उद्योग क्षेत्रका लागि १० अर्ब ४८ करोड बजेट

भरतपुर,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जनाएको छ । आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १० अर्ब ४८ करोड विनियोजन गरिएको हो । विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउनुका साथै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम […]
सरकारले रासायनिक मल कारखाना बनाउने घोषणा, छुट्यायो १५ अर्ब

भरतपुर,१५ जेठ । सरकारले मल बनाउन नेपालमै कारखाना खोल्ने योजना पेस गरेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट पेस गर्दै लगानी बोर्डबाट रासायनिक मल बनाउने कारखाना खोल्ने काम गरिने बताएका छन् । ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया मल बनाउने कारखाना निर्माणका लागि लगानी बोर्डले योजना बनाउने बताएका हुन् । यसका […]
सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा भेटियो

पोखरा, १५ जेठ। आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए । उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली […]
चेपाङ बालबालिकाको लागि खोलेको छात्राबासलाई हेरेन राज्यले
भरतपुर,१५ जेठ । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका–१० सिद्धिमा विपन्न परिवारमा जन्मिएका भरत चेपाङले एसएलसीसम्मको पढाइ अरुको घरमा काम गर्दै पूरा गरे ।आर्थिक अभावका कारण उनले बाँकी पढाइ अघि बढाउन सकेनन् । थप पढ्नलाई उनले आफन्तसँग सहयोगको अनुनय नगरेका होइनन् । तर कसैले सहयोग गरेनन् बरु विदेश जाने भए ऋण दिनचाहिँ उनीहरू तयार देखिए […]
मनकुमारी चेपाङले हाँकेको अटो

भरतपुर,१५ जेठ । नाम – मनकुमारी चेपाङ । उमेर –४८ वर्ष । पेशा : अटोचालक हरियो रङको कुर्ता सुरुवालसँगै साइड ब्याग र साथमा उस्तै रङको अटो रिक्सा । यहीँ हुलियामा भेटिएकी मनकुमारीको जीवनमा संयोगले एकैसाथ यी रङहरु मिसिएका हुन् । आज शहरमा अटो हाकेर दैनिक सयौँलाई गन्तव्यमा पुर्याउने ‘हैसियत’ सम्म आइपुग्दा मनकुमारीले संघर्षका धेरै आयामहरु […]
खराब माैसमले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

काठमाडौं,१५ जेठ। पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्नासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौंदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, […]
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

भरतपुर,१५ जेठ। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको हो । विमानमा १९ यात्रु रहेका बुझिएकाे छ ।
२०७९ जेठ १५ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

भरतपुर, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् […]