भरतपुर, १५ जेठ ।
बाह्रघरे आमा समूहको आयोजनामा आयोजित प्रभावकारी भाषणकला एवम् उद्घोषण सम्बन्धि ३ दिने तालिम आइतबार सम्पन्न भएको छ ।
जेठ १३ गतेदेखि सुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष ज्ञानु रेग्मीको अध्यक्षतामा भएको थियो ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, रेडियो त्रिवेणी १००.६ का कार्यकारी निर्देशक अर्जुन अधिकारीले प्रशिक्षण दिएका थिए । संस्थाकी सचिव कमला श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रम सदस्यहरूको क्षमता, व्यक्तित्व एवम् नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।





