काठमाडौँ, १५ जेठ ।
सरकारले इन्टरनेट सेवामा लाग्ने शुल्क घटाउने भएको छ । इन्टरनेटलाई सर्वसुलभ बनाउन शुल्क घटाइने अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट वक्तव्यमा बताएका हुन् । यसका साथै, समग्र दूरसञ्चार सेवालाई अझै गुणस्तरीय बनाउने सरकारको लक्ष्य छ ।
स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार गर्दै लग्ने भनिएको छ । अर्थमन्त्री शर्माले आर्थिक विधेयक पेस गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने जानकारी दिएका छन् । सञ्चार क्षेत्रलाई थप मर्यादित बनाइने उनले बताए । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको चरणमा रहेको उनले बताए ।
आगामी आर्थिक वर्ष २०७९/८० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।




