भरतपुर,१५ जेठ
चितवनमा रोकिएका दुई आयोजना अघि बढाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९(८० को बजेट प्रस्तुत गर्दै चितवनका दुई आयोजना अघि बढाइने बताए ।
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने र शक्तिखोर औद्योगिक क्षेत्रलाई निजी क्षेत्रसँग साझेदारीमा निर्माण गरिने लक्ष्य राखिने अर्थमन्त्री शर्माले बताए ।यस्तै चितवनको शारदानगर खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण गरिसकिने छ ।





