भरतपुर,१५ जेठ ।
सरकारले मल बनाउन नेपालमै कारखाना खोल्ने योजना पेस गरेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट पेस गर्दै लगानी बोर्डबाट रासायनिक मल बनाउने कारखाना खोल्ने काम गरिने बताएका छन् ।
ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया मल बनाउने कारखाना निर्माणका लागि लगानी बोर्डले योजना बनाउने बताएका हुन् । यसका साथै उनले विदेशबाट मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।





