भरतपुर,१५ जेठ ।
सरकारले काठमाडौं–चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी सडक बनाउने योजना सुनाएको छ ।
सरकारले काठमाडौंबाट चन्द्रागिरी, चित्लाङ पालुङहुँदै एक घण्टामा चितवन पुगिनेगरी द्रुतमार्ग बनाउने योजना सुनाएको हो ।
यसका साथै चितवनबाट बुटवल र पोखराका लागि पनि द्रुतमार्ग बनाउन निजीक्षेत्रलाई दिइने योजना लगानी बोर्डले बनाउने पनि बताइएको छ ।





